Comments Add Comment

अरुणराज सुमार्गीलाई एन प्याब्सनको मानार्थ सदस्यता प्रदान

काठमाडौं : व्यवसायी अरुणराज सुमार्गीलाई राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनले (एन प्याब्सन)ले मानार्थ सदस्यता प्रदान गरेको छ। शुक्रबार काठमाडौंमा सम्पन्न एन प्याब्सनको केन्द्रीय परिषद बैठकले हेटौंडा एकेडेमीका संस्थापक सुमार्गीलाई मानार्थ सदस्यता प्रदान गरेको हो।

सुमार्गीले नेपालको शिक्षा क्षेत्रमा अथक योगदान पु¥याएकाले सो को उच्च मूल्यांकन र सम्मान गर्दै मानार्थ सदस्यता प्रदान गरेको जनाएको छ। एन प्याब्सनले आगामी दिनमा पनि नेपालको शिक्षा क्षेत्रको विकास, प्रवरद्धन र निरन्तरताको आशा राखेको उल्लेख गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर