यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

बहराइनका प्रधानमन्त्री शेख खलिफाको निधन


बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उनको बुधवार ८४ वर्षको उमेरमा निधन भएको हो । बहराइनका समाचार संस्थालाई उल्ले गर्दै अलजजिराले तयार पारेको समाचार अनुसार उनको अमेरिकाको मायो क्लिनिक हस्पिटलमा निधन भएको हो । यसबारेमा अन्य विवरण भने दिइएको छैन । लामो समय प्रधानमन्त्री पदमा रहेका शेख खलिफाको निधनपछि बहराइनका राजा हमाद बिन इसा अल खलिफाले युवराज सलमान अल खलिफालाई मुलुकको नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । बहराइनका राजाले खलिफा बिन सलमान अल खलिफाको निधनमा शोक जनाउँदै एक हप्तासम्म आधा झण्डा झुकाउने घोषणा गरेका छन् । अमेरिकाबाट शव आएपछि सीमित आफन्तका बीच उनको अन्त्येष्टि गरिने जनाइएको छ ।