Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

खसी कप भलिबलको उपाधि सुकौरालाई

Company Register

मकवानपुरगढीमा गाउँपालिका स्तरिय खसी कप भलिबल सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष जीत बहादुर घिमिरेको प्रमुख आतिथ्य र आमभञ्ज्याङ्ग युवा क्लवका अध्यक्ष राजेश अधिकारीको सभाध्यक्षमा प्रतियोगिता सम्पन्न भएको हो । नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा मकवानपुरगढी वडा नम्बर ८ का सुकौरा क्लव विजयी भएको छ । सुकौराले पहिलो सेटमा जुनतारा क्लवलाई २५–२२ ले हराएको थियो भने दोस्रो सेटमा जुनतारा क्लवले सुकौरालाई २५–१९ ले हराएको थियो ।

Advertisement

त्यस्तै प्रतियोगिताको तेस्रो सेटमा जुनताराले सुकौरालाई २५–१९ ले हराएका थिए । त्यसै गरी चौंथो सेटमा पुन सुकौराले जुनतारालाई २५–२३ ले हराए । चौथो सेट खेल्दा दुवै टिमले २–२ सेट जितिएका थियो । अन्तिम पाँचौ सेटमा सुकौराले जुनतारालाई १६–१४ ले हराउँदै सुकौरा विजयी भएको हो । सुकौरा विजयी हुँदै मेडल र प्रमाणपत्र सहित ठुलो खसी जितेका छन् । त्यस्तै गरी जुनतारा क्लव दोस्रो हुँदै मेडल र प्रमाणपत्र सहित सानो खसी जितेका छन् ।

खेल भरी उत्कृष्ट खेल खेल्दै सुकौराका क्याप्टन राज थिङ्गले बेष्ट प्लियरको शिल्ड जितेका छन् । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका भरीका ८ टिमले सहभागी जनाएका थिए । क्लवका अध्यक्ष अधिकारीले प्रतियोगितामा सहयोग गर्ने सहयोगी दातालाई धन्यवाद दिए । खेल मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित सिमलटारमा भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...