Video Description
सफल चलचित्र साईली युट्युबमा सार्वजनिक भएको छ । गत बर्ष हलमा रिलिज भएको चलचित्र ‘साईली’ यतिबेला दीपावलीको अबसर पारेर यूट्यूबमा रिलिज गरिएको हो । गायक हेमन्त रानाको गीत ‘साईली’लाई दर्शकले अत्याधिक रुचाइएपछि गायक राना र नायक गौरव पहारी मिलेर ‘साईली’ चलचित्र निर्माण गरेका थिए । जुन चलचित्र नेपालमा गत बर्ष रिलिज भएको थियो भने अन्य […]

सफल चलचित्र साईली युट्युबमा सार्वजनिक भएको छ । गत बर्ष हलमा रिलिज भएको चलचित्र ‘साईली’ यतिबेला दीपावलीको अबसर पारेर यूट्यूबमा रिलिज गरिएको हो ।
गायक हेमन्त रानाको गीत ‘साईली’लाई दर्शकले अत्याधिक रुचाइएपछि गायक राना र नायक गौरव पहारी मिलेर ‘साईली’ चलचित्र निर्माण गरेका थिए । जुन चलचित्र नेपालमा गत बर्ष रिलिज भएको थियो भने अन्य बिभिन्न देशहरुमा पनि बिशेष शो गरिएको थियो । यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने चलचित्रमा उनकै लेखन रहेको छ । साईलीमा गौरब पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा बिशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको छ। माया प्रेम, परिवारमा गरिबीले उत्पन्न हुने समस्यालाई चलचित्रमा देखाइएको छ ।







