यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।



बलिउडमा ‘बादशाह, किङ खान, रोमान्सका किङ’ जस्ता उपनामले परिचित नायक साहरुख खान आजबाट ५५ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ नोभेम्बर २ तारिखमा साहरुखको जन्म दिल्लीमा भएको थियो । चलचित्र ‘दिवाना’बाट बलिउडमा प्रवेश गरेका साहरुख खानले बलिउडमा करिब ३ दशक विताइसकेका छन् ।

Advertisement
उसो त साहरुखले आफ्नो करिअरको सुरुवात टेलिभिजनबाट गरेका हुन् । टेलिभिजनमा सिरियल ‘फौजी’मा काम गरेर सुरु भएको उनको करिअर यात्रा पछिल्लो चलचित्र ‘जिरो’सम्म आइपुग्दा उतारचढावमा वितेको छ ।
साहरुखले अभिनय गरेका चलचित्रहरुमा ‘दिवान, डर, कुछ कुछ होता हे, बाजिगर, दिलवाले दुल्हनिया ले जायंगे, मोहब्बते, चल्ते चल्ते, कोइला, करण अर्जुन, माइ नेम इज खान, ओम शान्ती ओम, रब ने बनादी जोडी, रा वन, डन, चेन्नाई एक्सप्रेस, दिलवाले, रइस’ चर्चामा रहे ।
साहरुखलाई बलिउडमा रोमान्सका बादशाह पनि भनिन्छ । उनले अभिनय गरेको चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’ २५ बर्षदेखि भारतमा रिलिज भैरहेको छ । चलचित्र भवनमा सबैभन्दा लामो समयसम्म रिलिज भएको चलचित्रको रेकर्ड यो चलचित्रको नाममा छ ।
एउटा सामान्य परिवारबाट जन्मिएर बलिउडमा प्रवेश गरेका साहरुख आज विश्वको दोश्रो धनी कलाकार हुन् । यसैले पनि उनको पदचाप पछ्याउँदै बलिउडसम्म आउन चाहने यूवायूवतीको लाइन लामो छ ।
साहरुखको जन्मदिनको अवसरमा उनका फ्यानहरुले सधै नै उनको घर ‘मन्नत’को अगाडि सेलिव्रेशन गर्ने गरेका थिए । तर, यसपटक कोभिडका कारण साहरुख आफैले फ्यानहरुलाई घर अगाडि आएर बर्थ डे सेलिव्रेशन नगर्न आग्रह गरेका छन् । साहरुख भने दुबइमा आफ्नो परिवारको साथमा छुट्टी मनाइरहेका छन् ।