Comments Add Comment

बेलायतमा फेरी एक महिना लकडाउनको घोषणा

बेलायतमा पुन एक महिनाका लागि लकडाउन घोषणा गरिएको छ। कोरोना संक्रमण नियन्त्रणमा नआएपछि प्रधानमन्त्री बोरिस जोनसनले चार हप्ता लकडाउनको घोषणा गरेका हुन्। कोरोना संक्रमण बढ्दै गएपछि बेलायतमा दोस्रो पटक लकडाउनको घोषणा गरिएको हो। बेलायतमा प्रतिदिन २० हजार भन्दा बढी कोरोना संक्रमित थपिन थालेपछि पुन लकडाउन गरीएको हो।

यसअघि मार्च २३ देखि जुलाइ ४ सम्म लकडाउनको घोषणा गरिएको थियो। सरकारको निर्णयसँगै आगामी डिसेम्बरसम्म अत्यावश्यक कामबाहेक घर बाहिर नजान सर्वसाधारणलाई आग्रह गरिएको छ। यस्तै रेष्टुराँ, जिमखाना र पबलगायत सर्वसाधारणको भीड हुने सेवा प्रदायकहरुलाई पनि बन्द गराइएको छ। प्रधानमन्त्री जोनसनले पत्रकार सम्मेलन गरेर आवश्यक पसल, शिक्षण संस्था र खेलका प्रतियोगिताहरु भने जारी रहने बताए। उनले ती सेवाहरु पनि सुरक्षाका मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न पाइने बताए। उनले क्रिसमसमा कोरोना फैलन नदिन सतर्कता अपनाएको दावी गरेका छन्। कोरोनाका कारण मृत्यु हुनेको संख्यामा बेलायत पाँचौ राष्ट्र हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर