IZMIR, TURKEY – OCTOBER 30: Citizens are seen on a ruin of destroyed building right after a magnitude 6.6 quake shaking Turkey’s Aegean Sea coast, in Izmir, Turkey on October 30, 2020. (Photo by Mehmet Emin Menguarslan/Anadolu Agency via Getty Images)

ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीको इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ निकायले ७।० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै प्राप्त भएको छैन। तर टर्कीको इज्मिर नगरमा घरहरू भत्किएको जनाइएको छ । सन् १९९९ मा टर्कीको इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।