काठमाडौं  – स्टान्डर्ड चार्टर्ड बैंकले ११.८४% लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ७% बोनस र कर सहित ४.८४% नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष बैंकले २२.५% नगद लाभांश वितरण गरेको थियो ।