आजको पञ्चाङ्ग
बि.सं. २०७७ कार्तिक ११। मंगलवार। इ.सं. 27 October 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० कौलाथ्व । प्रमादी । दक्षिणायन । शरद ऋृतु । आश्विन शुक्लपक्ष। तिथि एकादशी , १२:२५ बजे उप्रान्त द्वादशी नक्षत्र शतभिषा , ०९:२० बजे उप्रान्त पूर्वभाद्रपदा योग ध्रुव , २८:०७ बजे उप्रान्त व्याघात करण भद्रा १२:२५ बजेदेखि वव , २५:०१ बजे उप्रान्त तैतिल चन्द्रराशि कुम्भ । आनन्दादी योग मृत्यु । दिनमान २७ घडी ५५ पला । सूर्योदय ०६:१२ बजे । सूर्यास्त बेलुका १७:२२
पञ्चक। पापांकुशा एकादशी व्रत। अन्नपूर्णा यात्रा (असँचालँ) l त्रिपुष्कर योग १२ः२५ बजेदेखि।
तपाईको आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)प्रेमीको सहयोग प्राप्त हुनेछ । मान सम्मान पइनाले मन प्रशन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफन्तसंग भेटघाट हुनेछ । छोटो दूरिको लाभदायक यात्रा हुनेछ । वाहनसुखपनि मिल्नेछ, तर खानपिनमा भने सावधानी अपनाउनु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सहकर्मीबाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभ कार्यको चर्चा हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज बिश्वास गरेकाले साथ दिनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्ममा रुचिपनि बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझमा पैशा खर्च हुने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।