Comments Add Comment

धुलिखेल अस्पतालले कोरोना संक्रमिसँग माग्यो २ लाखसम्म धरौटी

काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमितले ५० हजार देखि २ लाख रुपैयाँसम्म धरौटी रकम बुझाएपछि मात्र उपचार गर्ने जनाएको छ । अस्पतालले सोमबार सूचना जारी गर्दै कोरोना संक्रमितले भर्ना हुनुअघि नै ५० हजारदेखि २ लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गते कोरोना संक्रमितले आफैले उपचार खर्च बेर्होनुपर्ने जनाएपछि अस्पतालले सोही दिनदेखि नै रकम तिरेर मात्र भर्ना हुन पाइने जनाएको छ ।

अस्पतालले कोभिड १९ को संक्रमणको उपचार वापत लाग्ने शुल्क भनेर सरकारको लागत दर अनुसार दैनिक रकम दर अस्पतालले प्रदान गर्ने खानासहित सामान्य लक्षण भएका संक्रमितले रु ५० हजार, मध्य जटिल बिरामीले एक लाख र जटिल बिरामीले २ लाख रुपैयाँ अस्पतालको नगद खातामा धरौटी जम्मा गर्नुपर्ने जनाएको छ । अस्पतालले सामान्य लक्षण भएकाको दैनिक ३ हजार ५ सय, मध्य जटिल लक्षण भएका बिरामीको दैनिक ७ हजार ५ सय र जटिल बिरामीका लागि दैनिक १५ हजार रुपैयाँ तोकेको छ । तर धरौटी रकम बापत तिर्नुपर्ने ५० हजारदेखि २ लाखसम्म कतिदिनका लागि खर्च हो भन्ने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर