2025-11-09 1:27 pm

डा.केसीसँग ८ बुँदे सहमति , आज अनसन तोड्दै (सहमति पत्रसहित)

डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार राति १२ बजे ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ । सरकारले डा. केसीको माग सम्बोधन गर्ने सहमति गरेपछि डा. केसीले आज अनसन तोड्ने बताएका छन् ।

About the Author

Ad
Ad