Menu

विराजको ‘साङ्लो’ तिहारमा आउने

अभिनेता विराज भट्टले निर्देशन गरेको सिनेमा ‘साङ्लो’को प्रदर्शन मिति तय गरिएको छ। एक्सन कथामा तयार भएको यो सिनेमालाई तिहार लगतै रिलिज गर्ने पक्का भएको हो। सिनेमालाई कात्तिक १५ गतेबाट नेपालभर रिलिज गरिने वितरक गोविन्द शाहीले जानकारी दिएका हुन्।

विराजको निर्देशनमा तयार भएको सिनेमामा उनको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका छ। सिनेमाको कथावस्तुको बिषयमा अहिलेसम्म खुलाइएको छैन। निर्माण टिमले भने समाजमै भैरहेको घटनाको कथामा सिनेमा बनेको बताउदै आएका छन्।

मिति घोषणासँगै ‘साङ्लो’ उक्त मितिमा सीके राउतको बायोपिक सिनेमा ‘डाक्टर सिके राउत द प्यासन’सँग जुध्ने भएको छ ।

भट्टको निर्माण एवं निर्देशकीय डेब्यु रहेको सिनेमामा प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह समेत छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad