Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

चलचित्र ‘लक्ष्मीपूजा’को टिजर सार्वजनिक (भिडियो )

Company Register

चलचित्र ‘लक्ष्मीपूजा’को टिजर आज यूट्युब मार्फत सार्वजनिक भएको छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको टिजर बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा कलाकारहरु जाहान्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत, रियाशा दाहाल, नीर शाहलगायतको फिचर्ड रहेको छ ।

Advertisement

समिर मियाँको निर्देशन रहेको फिल्ममा शोभित बस्नेत निर्माता छन् । फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ 

टिजर हेर्नुहोस

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...