Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘कसरी कसरी’को तेस्रो सिरिज सार्वजनिक (भिडियो)

Company Register

सुपर हिट गीत ‘कसरी कसरी’को तेस्रो सिरिज ‘कसरी कसरी ३’ सार्वजनिक भएको छ ।

Advertisement

बिहीबार गायक तथा सङ्गीतकार टंक बुढाथोकी र चर्चित गायिका मेलिना राईको आवाज रहेको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा टंककै शब्द तथा सङ्गीत रहेको छ । गीतमा टंक र मेलिनाको साथमा एआर बुढाथोकीको पनि स्वर रहेको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीतले अघिल्ला दुई सिरिजको फ्लेभर र मिठास बोकेको छ ।

गीतको भिडियोमा गायक एआरसँगै, आयुश गौतम, अंशु गुरागाई फिचर्ड छन् । दीपक राज सुनारको कोरियोग्राफी रहेको भिडियोलाई कबिराज गहतराजले निर्देशन गरेका हुन् । सुदिप बरालले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । भिडियोको कन्सेप्ट टंक चौलागाइ कै रहेको छ । 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...