Comments Add Comment

डिजेल र मटितेलको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ । दुवैमा प्रतिलिटर १ रुपैयाँ भाउ घटाएको हो । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्य सूची अनुसार डिजेल र मटितेलको मूल्य घटाइएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताएका छन् ।

नयाँ भाउ बुधबार राति १२ बजेबाट लागू हुनेछ । नयाँ भाउ अनुसार अब डिजेल र मटितेल दुवैको मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर