गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा नयाँ गजल एउटा गजल तिम्रो लागि सार्वजनिक गरिएको छ।

गीतकार सुरेश वाग्लेको शब्द रचनामा तयार नयाँ गजल ‘एउटा गजल तिम्रो लागि’ लाई युगल जोडी उदय र मनिलाको जीवन सारका रूपमा समेत प्रस्तुत गरिएको छ ।

विहीवार नेपाली वेबसाइटको अफिसियल युट्युव च्यानलमार्फत् सार्वजनिक गजल म्युजिक भिडियोमा गायक गायिका स्वयंको अभिनय देख्न ‌सकिन्छ ।

प्रेमिल शब्दले भरिएको गजलमा उदय सोताङ स्वयंले स‌ंगीत भरेका छन् ।सान थापाको निर्देशनमा तयार गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

भिडियो हेर्नुहोस