कतारमा अलपत्र १४२ जना नेपाली बिहिबार स्वदेश फर्किएका छन् । नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा ३६ औं उडानमार्फत उनीहरु विहीबार नेपाल फर्किएका हुन् । दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत १२ महिलासहित १४२ जना स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए ।
दुवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले कोरोना परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचीव भट्टराईले बताए । स्वदेश फर्कन लागेका नेपालीहरुको यात्राको समन्वय, सहजिकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। दूतावासका अनुसार हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २३ तारिखका लागि उडान गर्ने तय भएको जनाएको छ ।