सीआईबीको प्रहरी हुँ भन्दै दिउँसै लुटपाट गर्ने पक्राउ

अनलाइन पत्र संवाददाता२०७६-०४-२० No Comments

काठमाडौं । नेपाल प्रहरीको ‘सीआईबी हुँ’ भन्दै धुम्बाराहिस्थित धुम्बाराहि स्कुल चोक अगाडि दिउँसै लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरुमा उदयपुर घर भई कपन बस्ने २३ वर्षीय दोर्जे तामाङ र उदयपुरकै बुढानिलकण्ठ बस्ने १९ वर्षीय नोर्बु तामाङ रहेका छन् । 

पक्राउ परेका दोर्जे र नोर्बुले साउन १७ गते कास्की घर भई कालोपुल बस्ने २१ वर्षीय ईश्वर घतानेको १ थान मोबाइल र ६ हजार नगद लुटेका थिए । 

महाराजगञ्ज वृत्तबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले साउन १९ गते साँझ ६ बजेको समयमा लुटिएको सामानसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिए । 

पीडितले प्रहरीमा दिएको बयानको आधारमा सीसी क्यामेराको सहायतमा हुलियाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरु पक्राउ परेको डीएसपी प्रसाईले बताए । 

उनीहरुको साथबाट ४ थान मोबाइल र लुट्न प्रयोग भएको बा६६प ३४८१ नम्बरको स्कुटर समेत बरामद भएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
२० साउन, जनकपुरधाम । बसभित्र यात्रुको गोजीबाट रकम चोरेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख जनकपुरधामको पिडारी चोकबाट पक्राउ परेका हुन् । शेखले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवरीका रामु यादवको साथबाट एक लाख २० हजार रुपैयाँ चोरेर भागिरहेका थिए ।

जनकपुरबाट सिरहाको माडरतर्फ जाँदै गरेको बसमा चढेका यादवको साथबाट शेखले बसमै पाकेटमारी गरेका थिए । उनलाई भाग्ने क्रममै पिडारी चोकमा ड्यूटीमा खटिएका प्रहरीले लखेट्दै नियन्त्रणमा लिएका हुन् ।

बरामद भएको उक्त रकम यादवलाई बुझाइएको र नियन्त्रणमा लिइएका शेखको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Unique News

Chat Icon
Ad
Ad