आजको पञ्चाङ्ग

बि.सं. २०७७ भदौ १२ गते बिहीवार । इ.सं. 28 August 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलाथ्व । प्रमादी । दक्षिणायन । वर्षा ऋृतु । भाद्र शुक्लपक्ष। तिथि दशमी , १०:५१ बजे उप्रान्त एकादशी। नक्षत्र मूल , १५:३९ बजे उप्रान्त पूर्वाषाढा योग प्रीति , १९:४९ बजे उप्रान्त आयुष्मान् करण गर १०:५१ बजेदेखि वणिज , २२:१२ बजे उप्रान्त वालव चन्द्रराशि धनु । आनन्दादी योग स्थिर। दिनमान ३१ घडी ५५ पला । सूर्योदय ०५:४१ बजे । सूर्यास्त बेलुका १८:२७

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफन्त संग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्राको योजना बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक/सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ ।