Comments Add Comment

च्याम्पियन्स लिगको उपाधि बार्यन म्युनिखको पोल्टामा

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई स्तब्ध पारी जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन बनेको छ । च्याम्पियन्स लिग फुटबलको लिस्बोनमा आइतबार राति भएको फाइनलमा पिएसजीलाई १–० ले पराजित गरेर बार्यन म्युनिखले उपाधि उचालेको हो । छैटौँ पटक उपाधि उचाल्नका लागि ५९ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गरेको गोल नै निर्णायक बन्यो। पिएसजीबाट व्यवसायिक खेल जीवनको सुरुवाति गरी हाल जर्मन क्लबमा रहेका कोम्यानले उपाधि जित्ने आफ्नो पूर्व क्लबको सपना चकनाचुर पारी बार्यन म्युनिखलाई विजेता बनाएका हुन् ।

गएको नोभेम्बरमा सुरुमा अन्तरिम प्रशिक्षकका रुपमा जिम्मेवारीमा आएका बार्यनका प्रशिक्षक हान्सी फ्लीकका लागि आइतबारको रात उत्वस बनेर आयो । त्यस विपरित पिएसजी र दुई सुपरस्टार नेइमार तथा केलियन एमबाप्पेका लागि खराब रह्यो । उनीहरुले आफ्नो उत्कृष्ट खेल पस्किन सकेनन् । बार्यनका गोलरक्षक सामु उनीहरु कमजोर देखिए । पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि म्यान अफ दि म्याच भएका म्यानुएल नुएरले त्यसलाई रोके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर