Comments Add Comment

काठमाडौं उपत्यकामा खाद्यान्न र तरकारी पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौं – काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अब बिहान मात्र खाद्यान्न तथा तरकारी पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले अत्यावश्यक सेवामा पर्ने पसलहरु बिहान ९ बजेर १५ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । माछा मासु पसलका लागि पनि सोही समय तालिका तय गरिएको छ ।

औषधि, पानी र स्वास्थ्य सामग्रीका पसल भने बन्द नहुने तीनवटै प्रशासन कार्यालयले स्पष्ट पारेका छन् । जोखिम बढ्दै गएपति एक हप्ताकालागि जारी भएको निषेधाज्ञाको चौथो दिन पनि सडक सुनसान देखिएका छन् । अत्यावश्यक बाहेकका सवारी साधान सडकमा देखिएका छैनन् ।

एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल बोकेका सवारी सधानलाई निर्वाध रुपमा सञ्चालनमा रहेका छन् । मुख्य सडकहरु सुनसान देखिएपनि उपत्यकाका भित्रि गल्लीहरुमा भने पसलहरु खुला रहेका छन आज ऋषि पञ्चमीको दिन भएकाले विहान बागमती, विष्णुमति, मनोहरा लगायतका नदीहरुमा स्नानका लागि जानेहरुको भिड देखिएपनि प्रहरीले बाटोमै रोकेको छ ।

टेकु लगायतमा ऋषेश्वर मन्दिरहरुमा पूजा आराधनाका लागि रोक लगाइएको छ । तरपनि महिलाहरुले मन्दिरको गेटमा नै पूजा गरी फर्किएका छन् । मन्दिरमा पूजा आराधना गर्न नपाएपछि उपतयकाका अधिकांश महिलाहरुले घरमै पूजा आराधना गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर