प्युठान – प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ। 

​दुर्घटनामा मृत्यु हुने सबै  स्वर्गद्वारी नगरपालिका–२ धरमपानीमा निर्माण भएको सडकमा काम गर्ने कामदार रहेको प्यूठानका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिए।  मृत्यु हुनेमा  रोल्पा रुन्टिगढी  गाउँपालिका–५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षका रिम बहादुर बस्नेत, १९ वर्षका बिरेन्द्र बाठा मगर, १९ वर्षका थमन बाठा मगर, गोबर्धन बुढा मगर  र २५ वर्षका कबिराम बस्नेत  छन्।  यस्तै रोल्पाको त्रिवेणी गाउँपालकाका २५ वर्षीय ट्याक्टर चालक कमल कुँवर रहेको पौडेलले जानकारी दिए।