काठमाडौं । शिवम् सिमेन्टले “शिवम् मोबाइल एप” सार्वजनिक गरेको छ । कोभिड १९ को विषम परिस्थितिमा ग्राहकहरू सहज रूपमा सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलोपटक मोबाइल एप सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 

ग्राहकहरूले गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट शिवम् मोबाइल एप डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ । उक्त एपबाट सुपथ मूल्यमा आफूलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । साथै भुक्तानीका लागि लागि खल्ती, इ–सेवा, कनेक्ट आईपीएस अथवा क्यास अन डेलिभरीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।