नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति नेकपा भित्रको अन्तरद्वन्द्वका बीच कुर्ची जोगाउने अस्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै आन्तरिक किचलोमा प्रधानमन्त्रीले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्टको प्रयोग गरेको बताएका हुन् । उनले ओलीको अभिव्यक्तिलाई धेरैले प्रधानमन्त्रीले जे पनि बोल्ने पुरानै प्रवृति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको आवेग अभिव्यक्तिको रूपमा अर्थ्याए पनि आफूले भने कुर्ची जोगाउन गरिएको राजनीतिक स्टन्टका रूपमा बुझेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लेखेका छन् ु प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ुजे पनि बोल्नेु प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा( यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो ।ु उनले दोस्रो थ्रेडमा भारतको प्रतिक्रिया आएपछि देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई ुकथित राष्ट्रवादीु बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा ओलीले असंगत अभिव्यक्ति दिएको उनले बताएका छन् । ुप्रमलाई राम्रोसंग थाहा छस यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई ुकथित राष्ट्रवादीु बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको होु उनले लेखेका छन् । उनले तेस्रो थ्रेडमा ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको उल्लेख गर्दै उनको योजनावद्ध राजनीतिक प्रपञ्चलाई पूरा नदिन आग्रह गरेका छन् ।
ुयसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ । आफ्नो लागि राष्ट्रिय स्वार्थसमेत दाउमा राख्ने, प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ । यसलाई हल्का रूपमा नलिऔं । यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिऔँु उनले लेखेका छन् । उनले प्रधानमन्त्रीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोलेको बताएका छन् । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रधानमन्त्रीबाट देश र लोकतन्त्र असुरक्षित रहेको उल्लेख गरेका छन् । ुप्रमले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो । प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र १ नेकपाका साथीहरू १ राजनीतिक होइन भनेर नपन्छिनोस, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस्ु उनले उल्लेख गरेका छन् । सोमबार सरकारी निवास बालुवाटरामा भएको एक कार्यक्रममा प्रधानमन्त्रीले भारतले नक्कली अयोध्या खडा गरी साँस्कृतिक तथ्य तोडमोड गरेको अभिव्यक्ति दिएका थिए । त्यस्तै उनले भगवान राम पनि नेपालमै जन्मेको बताएका थिए । उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीको तीव्र आलोचना भइरहेको छ ।