गायक प्रकाश सपुतको नमस्कार बोलको गीतको चर्चा सर्बत्र हुन थालेको छ । अहिलेको बिषम परिस्थितीमा कलाकारको दिनचर्या कसरी बितेको छ भन्ने कुरालाई गीतको मध्यम बाट झल्काउन खोजेका छन । नमस्कार हाम्रो आफ्नै संस्कार हो । यही नमस्कारलाई गीत संगीतको माध्यम बाट विश्वमा पारीचित गराउने प्रयास गायक सपुतले गरेका छन ।

सार्वजनिक गीतमा स्वर, शब्द तथा लय सृजना सपुत आँफैले गरेका छन भने संगीत संयोजन योगेश कजिले गरेका छन । देवेन्द्र बब्लुले निर्देशन गरेको गीतको भिडियोमा प्रकाश सपुत, बिराज थापा, किरण मगरको अभिनय रहेको छ । अनिल के। मानन्धरले छायांकन गरेको गीतलाई प्रबिण भट्टले सम्पादन गरेका हुन ।