Comments Add Comment

पाथीभरा माताको दर्शन गर्दै ! हेर्नुहोस् ,२०७७ असार १८ गतेको तपाइको आजको राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ असार १८ गते बिहीवार । इ.सं. 02 July 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० तछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु आषाढ शुक्लपक्षतिथि द्वादशी , १४:४१ बजे उप्रान्त त्रयोदशी। नक्षत्र अनुराधा , २५:२३ बजे उप्रान्त ज्येष्ठा। योग साध्य , ०९:०७ बजे उप्रान्त शुभ । करण वालव १४:४१ बजेदेखि कौलव , २५:४२ बजे उप्रान्त वणिज। चन्द्रराशि वृश्चिक । आनन्दादी योग आनन्द। दिनमान ३४ घडी ३० पला । सूर्योदय ०५: १४ बजे । सूर्यास्त बेलुका १९:०२ बजे ।

प्रदोष व्रत। तुलसीपिए। सर्वार्थसिद्धि योग २५:२३ बजेसम्म। खेलकुद पत्रकार दिवस।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । तिर्थाटनको योगछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्ममा मन लाग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ । आर्थिक कारोवारमा सफलता पाईएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विचार, विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोगपनि मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर