Menu

पाथीभरा माताको दर्शन गर्दै ! हेर्नुहोस् ,२०७७ जेठ २० गते को तपाइको राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ २० गते मंगलवार । इ.सं. 02 June 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० तछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु ज्येष्ठ शुक्लपक्षतिथि एकादशी , ०९:५६ बजे उप्रान्त द्वादशी । नक्षत्र चित्रा , २१:३३ बजे उप्रान्त स्वाती । योग व्यतीपात , ०८:४० बजे उप्रान्त वरियान् । करण भद्रा ०९:५६ बजेदेखि वव , २०:४२ बजे उप्रान्त तैतिल । चन्द्रराशि कन्या  । आनन्दादी योग ध्वांक्ष । दिनमान ३४ घडी २० पला । सूर्योदय ०५: १० बजे । सूर्यास्त बेलुका १८: ५४ बजे ।

निर्जला एकादशी व्रत। तुलसीबीजरोपण (तुलसीको दल राख्ने दिवस)। द्विपुष्कर योग ९:५६ देखि २१:३३ बजेसम्म।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम सम्बन्ध कसिलो होला । कृषि कारोबारमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरको सामान्य मनोरञ्जनमा सहभागिता भाईनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

वरपरका इष्टमित्रसंग भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेमी र प्रेमिकाको सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । रोकिएका काम भने यथावत् नै रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामान हराउने वा चोरी हुने भयछ । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको र गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ र मंगल कार्यको योजना बन्नेछ । राज्य र समाजबाट सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोवार र नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

सानातिना बाधा–अड्चन आइलागे पनि काम रोकिने छैन । कार्य सम्पादनमा सहजता मिल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad