| वि.सं. २०७६ माघ १९। आइतबार। इ.स. २०२० फेब्रुवरी २। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। अष्टमी, १६:२१ उप्रान्त नवमी। नक्षत्र– भरणी, २०:०६ बजेउप्रान्त कृत्तिका। योग– शुक्ल, २८:०० बजेउप्रान्त ब्रह्म। करण– वव, १६:२१ बजेदेखि वालव, २८:५६ बजेउप्रान्त कौलव। आनन्दादिमा कालदण्ड योग। चन्द्रराशि– मेष, २६:३१ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४३ बजे र दिनमान २७ घडी ८ पला। अष्टमी व्रत। गोरखकाली पूजा। भीष्माष्टमी। |
| आजको रासीफल |
| मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
| महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । |
| वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) |
| आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । प्रेममा मनमुटाव आउनेछ । साझेदारीको काममा उल्झन आउनेछ । |
| मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) |
| व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ । |
| कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) |
| महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ । |
| सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) |
| आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । |
| कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) |
| अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकाएको भय रहनेछ । |
| तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) |
| राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । |
| वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) |
| नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला । |
| धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) |
| ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । |
| मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) |
| आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला । |
| कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) |
| छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । |
| मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) |
| आज रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




