आजको पञ्चाङ्ग

बि.सं. २०७७ भदौ ३० गते मंगलवार । इ.सं. 15 September 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादीदक्षिणायनवर्षा ऋृतुआश्विन कृष्णपक्षतिथि
त्रयोदशी , २०:४१ बजे उप्रान्त चतुर्दशी नक्षत्र अश्लेषा , १२:५५ बजे उप्रान्त मघा योग शिव , १०:३० बजे उप्रान्त सिद्ध करण
गर ०९:२५ बजेदेखि वणिज , २०:४१ बजे उप्रान्त गर चन्द्रराशि कर्कट । आनन्दादी योग आनन्द। दिनमान ३० घडी ४७ पला । सूर्योदय ०५:४९ बजे । सूर्यास्त बेलुका १८:०७

प्रदोष व्रत। त्रयोदशी श्राद्ध। मघा श्राद्ध। कलियुगादि। सर्वार्थसिद्धि योग १२:५५ बजेसम्म।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मंगल कार्यको योगछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्यको थालनी हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोवारमा सफलता पाइएला । आफनतले सहयोग गर्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । जागिरमा रुचि प्रतिष्ठा बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।