माथ्लो घरमा ‘फुल भोल्युम’मा म्युजिक सिस्टम बजी रा छ । अँग्रेजी गीतको तालमा लाख कोशिस
गर्दा पनि नमिलेका ती नेपाली कम्मरहरु । कस्तो नसुहाएको ,ती नेपाली कम्मरहरुलाई ,रक गीतमा कम्मर ढल्काइ-ढल्काइ नाँच्दा,मलाई लाग्छ – नेपाली कम्मरहरूलाई मादले गीतमा नै सुहाँउछ । केही छैन,समयको मांग नै होला ।

आज मिसेस फूलमायाको बथडे पार्टी हरे । निकै हो-हल्ला छ ,त्यो घरमा । कोही बिदेशी ब्रान्डीले भेटेर , निकै ठुलो -ठुलो कुरा गर्दै छन् । हामी यस्तै छौं ,रक्सिको मात लाग्यो ! त शुरु भईहाल्छ ठूलो कुरा । हुनु त आ- आफ्नो प्रवृति हो। कोहि बोल्ड डान्स,कोहि र्याप हान्न मस्त छ । आधा रातसम्म चल्छ त्यो बर्थडे पार्टी । अहिले पार्टीमा आउनेहरू, फर्कन्दै छन् । नशाले चूर भएर,छि: औरतहरू त नमात्नु नि हौ!! कस्तो लथालिन्गै भएर । आधा रातमा अँग्रेजी छाँट्दै छन् कोहि । हुनु पनि हामीलाई यतिबेला त आँउछ नि अँग्रेजी बोल्नु पनि,अरू बेला त लाज लाग्छ ।

तल्लो घरको बाजे स्वर्गेवास भएछन् । विचारा ,अस्सी वसन्त पार गरेको बाजे । सम्पूर्ण परिवार नै रूँदैछन् ,त्यो परिवारमा छर-छिमेकी कोहि छैनन् । म छक्क पर्छु,यदि मेरो गाँउमा यस्तो दु:खद कार्य परेको भा’ ! यतिबेला सारा गाँउ उर्लेर आइसक्ने । माथ्लो घरमा जन्मदिनको जश्न मनाउदैछन्,तल्लो घरमा शोक छाएको छ ।

म यो शहरको ,एक परिचित काका को घरमा केही दिनको लागि अथिती भएर आएको । केही दिन भित्र नै ,यहाँको रइथानेहरुको जीवन जिउने तरिका राम्रो सँग जान्न पाँउछु । म एकै दिनको लागि केही काम बिषयहेतू ,यहाँ काकाकोमा वास बसेको ,आज हप्ताह दिन पो भई सकेछ , पहिला -पहिला त काकि ,म सँग निकै खुलेर बोल्दै थीइन्, हिजाज त ,कोनी के भाको छ काकिलाई त्यति धेर बोल्दिनन् । काका पनि म सँग त्यति बोलेको छैनन् , शायद काका-काकि बीच अन-बन बोल्ति वन चल्दै होलान् ,परिवारिक कुरा हो ,बाठो भएर सोध्नु पनि अप्ठ्यारो । कि अरु नै छ ? रहस्य !!

मलाई यतिबेला गाँउको याद आँउछ । मरौ पर्दा ,सारा गाँउले नै शोक मनाउछन् त्यहाँ । दश काम छोड़ेर पनि कार्य परेको घरलाई सघाँउछन् ,अनि मेरो घरमा कोही अतिथी भएर आँउदा ,हामी साह्रै रमाउँछौं ,जाने समयमा ,यस्तो लाग्छ -अझै केही दिन बस्नु नि !

तर, शहर ? शहरीयाहरु?

यसर्थ ,
प्रिय
मलाई तिम्रो शहर
नर्क लाग्छ,
यहाँ आत्मियता रतिभर पाईन्न ,
अँ !! पाइन्छ सबै
केवल पैसामा |

अर्जुन दवाडी