Comments Add Comment

पाथीभरा माताको दर्शन गर्दै ! हेर्नुहोस् ,२०७७ जेठ १६ गते को तपाइको राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ १६ गते शुक्रवार । इ.सं. 29 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु । ज्येष्ठ शुक्लपक्ष । तिथि सप्तमी , १९:१४ बजे उप्रान्त अष्टमी । नक्षत्र मघा , २७:५० बजे उप्रान्त पूर्वफाल्गुनी । योग व्याघात , २०:२६ बजे उप्रान्त हर्षण । करण गर ०८:१० बजेदेखि वणिज , १९:१४ बजे उप्रान्त कौलव । चन्द्रराशि सिंह  । आनन्दादी योग काण । दिनमान ३४ घडी १३ पला । सूर्योदय ०५: ११ बजे । सूर्यास्त बेलुका १८: ५२ बजे ।

कुमार–यात्रा।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज आफन्त र प्रिय व्यक्तिसंग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ ।    

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।     

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ ।     

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।।            

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अधूरो कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । खनपिन र मनोरञ्जनमा अभिरुचि जाग्नेछ ।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।   

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धूम्रपान र मद्यपानबाट टाढै रहनुहोला । सामान हराउने वा चोरी हुने भयछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । 

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।       

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । शत्रुपनि पराजित हुनेछन् । धार्मिक यात्राको योगछ ।            

मीन (दि, दु, , , , दे, दो, चा, चि)

लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला । मित्रसंग मीठो भेट घाट रहनसक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर