| आजको रासीफल |
| मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
| भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । |
| वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) |
| लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले सताउन सक्छ । |
| मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) |
| आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला । |
| कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) |
| आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ । |
| सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) |
| ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ । |
| कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) |
| स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । |
| तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) |
| भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । |
| वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) |
| धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । |
| धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) |
| रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । |
| मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) |
| स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । |
| कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) |
| आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । |
| मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) |
| शुभ रम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




