Comments Add Comment

हेटौंडा एकेडेमीका विद्यार्थी दिव्यसेवामा

हेटौंडा–११ मा रहेको हेटौंडा एकेडेमीका विद्यार्थीहरुले हेटौंडा–१५ स्थित जेष्ठ नागरिकको आश्रयस्थल दिव्यसेवा निकेतनको अवलोकन गरेका छन् । जेष्ठ नागरिकप्रति गर्नुपर्ने सम्मान, मायालगायत नैतिक आचारण सिकाउनको लागि विद्यालयले विद्यार्थीलाई जेष्ठ नागरिकको आश्रयस्थल पु¥याएको जनाएको छ ।

दिव्यसेवा निकेतनको अध्ययन अवलोकनका साथै विद्यार्थीहरुले आश्रितहरुसँग अन्तरक्रियासमेत गरेको विद्यालयका प्राचार्य श्रीबहादुर कार्कीले जानकारी दिए । जेष्ठ नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने भावना जगाउनको लागि विद्यार्थीहरुबाट केही खानेकुरा संकलन गरी वृद्धवृद्धालाई हस्तान्तरण गरिएको समेत कार्कीले बताए ।

आगामी दिनमा पनि विद्यार्थीहरुलाई नैतिक ज्ञानको लागि अध्ययन अवलोकनको कार्यक्रमहरु राखिने एकेडेमीले जनाएको छ । कार्यक्रममा विद्यालयका संयोजक गौरी चिमरियालगायत शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर