बिहानिको सिरेठो ले
तिमी ब्युझिएको त छैनौ नि?
कास तिम्रै सामु हुन्थे!
तिम्रो सामिप्यता!
ह्या!मलाइ कहिले
लैजाने के?
त्यो नादानपन,
कति मीठो थियो।

तिमी राख्छौ कि म राखु
भन्ने दुबिधामा परि
कैयौं रात अनिदो
बसिदिने हामी
तिमिले फोन गर्छौ
कि म गर्ने होला
भन्ने दुबिधामा समेटिएको छ।
आखिर गल्ती कस्को?
मेरो नजरले
तिमिलाइ दोषी देखेजस्तै!
तिम्रो नजरले मलाइ
दोषी देख्न थाले भने?

तिमी रिसाएर आजबाट
म कहिल्यै बोल्दिन
भनेर मेरा सम्पर्कका
सिमानाहरु छेकेर जादा
अन्जुलीभरी दिएका
मायाका पोकाहरु
छताछुल्ल हुने गरि दैलाबाट घिसार्दै
मुर्तरुपि यादको भारी
चौतारिमा बिसाउदा
मेरो मुटु भक्कानिएको सुनेनौ है?
रात-दिन बोलेर
नसकिने मायाका कुरा
खै त आज कहाँ गयो?
सुनेको थिए,
चाहेको जति सबै हुदैनन पूरा
साच्चै!त्यस्तै भयो!!
आखिर गल्ती कस्को?
तिमिले मेरो बिगतलाइ
दोषी देखेजस्तै!
मैले तिम्रो वर्तमानलाइ
दोषी देख्न थाले भने?

डराइ डराइ भएपनी
तिम्रा ओठहरुले यहि बस न त
भनेको सुन्न चाहने
मेरा यी कानहरु आज
बहिरो भएका छन!
कराइ कराइ भएपनी एकैछिन
तिम्रो समिप्यको आभास
चाहने मेरा मनहरु,
सधै तिम्रै मुहारको
दर्शनमा आतुर रहने
मेरा यी आखाहरु आज
अन्धो भएका छन!
तिम्रो हत्केलामाथि
मेरो हत्केलालाई लिप्त
पारेर एकै पाइला भएपनी
सङ्गै हिन्न रहर गर्ने
मेरा हातहरु आज
भाचिएका छन!
सम्बन्ध रुपि मायाका
नसाहरुलाइ,
तिमिले कहाँ छोड्यौ
मैले कहाँ पत्तै भएन।
आखिर गल्ती कस्को?
तिमिले मेरो बदलिदो
व्यबहारलाइ दोषी देखेजस्तो!
मैले तिम्रो उस्तै
स्वरुपलाइ दोषी देखे भने?

म सङ्ग छैन केही त्यस्तो
सम्झना स्वरुप
तिमिलाइ दिउ जस्तो!
मन नै नभएको मान्छे
भन्छौ भने पनि खुशी नै छु
म आफू दुखी भएर
तिमीलाई दुखेको
हेर्न सक्दिन!!
म आफू खुशी भएर पनि
तिमिलाइ दुखेको
हेर्न सक्दिन!

साच्चै भनौ त तिम्रो
आँखामा आँसु सुहाउदैन
कुनै बेला मेरै कारणले
हासेकी तिमिलाइ
मेरो सम्झनामा आँखा
नभिजाउ है भन्ने
आँट पनि त छैन।
म हासेको हेर्न चाहन्छौ भने
तिमिसङ्गै लैजाउ भन्दाको पल
खै आज कहाँ गयो?
नजिकै भएर पनि हामि
समय टाढा भयो।
आखिर गल्ती कस्को?
तिमिले जान्छु भन्दा
नरोकेको भन्दै
मलाइ दोषी देखेजस्तो!
मैले तिम्रो बुझेको
परिस्थितिलाई दोषी देखे भने?

लेखक : सन्दिप दवाडी