एजेन्सी– बलिउड कलाकार मोहित बघेलको २७ बर्षको उमेरमा निधन भएको छ। भारतको माथुरा, उतर प्रदेशमा रहेको आफ्नै निवासमा उनको क्यान्सरका कारण निधन भएको हो।  उनले पछिलो ६ महिनादेखि दिल्लीको एम्स अस्पतालमा क्यानसरको उपचार गराउँदै आएका थिए। 

टेलिभिजन कमेडी शो ‘छोटे मियाँ’ बाट आफ्नो करियरको शुरुवात गरेका मोहितको बलिउडका कतिपय कलाकारले उदाँउदो सुर्य अस्ताएको भन्दै दुखद व्यक्त गरेका छन्। 

कम समयमा चर्चामा आएका मोहितले बलिउड अभिनेता सलमान खानका साथमा सुपरहिट फिल्म ‘रेडी’मा छोटे अमर चौधरीको रोलमा काम गरेका थिए। उनलाई यहीँ रोलको कारण बलिउडमा स्थापित गरेको थियो। उनले फिल्म ‘उमा’, गल्ली गल्ली चोर हे लगायतका फिल्महरुमा काम गरेका छन्।