Coronavirus COVID-19

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

[Ads]

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुरा र बैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम(१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ(१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ। जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै, बाँकेमा १४ जना संक्रमित थपिएका छन्। उनीहरू १८ देखि ६१ वर्ष उमेरका पुरुषहरू छन् । उनीहरूमध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ । कूल संक्रमितमध्ये हालसम्म ७० जनाले स्वास्थ्य लाभ लिइसकेका छन्।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.09

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.09#COVID-19

Geplaatst door Ministry of Health and Population-Nepal op Vrijdag 22 mei 2020
यो समाचार को स्रोत :- radionrn

सम्बन्धित शीर्षक
प्रतिक्रिया
Loading...