आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ ०१ गते बिहीवार ।  इ.सं. 14 May 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्व । प्रमादी । उत्तरायण । ग्रीष्म ऋृतु । ज्येष्ठ कृष्णपक्ष । तिथि सप्तमी , १०:०९ बजे उप्रान्त अष्टमी । नक्षत्र श्रवण , ०९:४४ बजे उप्रान्त धनिष्ठा । योग ब्रह्म , २८:१७ बजे उप्रान्त ऐन्द्र । करण वव १०:०९ बजेदेखि वालव , २२:३२ बजे उप्रान्त गर । चन्द्रराशि मकर । आनन्दादी योग ध्वज । दिनमान ३३ घडी ३७ पला । सूर्योदय ०५: १७ बजे । सूर्यास्त १८: ४४ बजे ।

ज्येष्ठ संक्रान्ति। अष्टमी व्रत। सूर्य वृष राशिमा २१:१४ बजे प्रवेश। धनिष्ठा पञ्चक २२:२६ बजे प्रारम्भ।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट विस्तारै लाभ हुनेछ ।      

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् । भूमिबाटपनि लाभ मिल्ला ।           

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ ।      

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।  

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचिपनि बढ्नेछ ।             

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।  

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समयपनि छ ।          

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको कामपनि विग्रिएला ।            

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।  ज्यो.प. नारायणप्रसाद दुलाल