नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप २ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।