Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मुस्लिम समुदायको रमजान सुरु ,घरमै नमाज पढ्न आग्रह

Company Register

शनिवारबाट सुरु हुने मुस्लिम समुदायको रमजान पर्वको बेला यसपाली मस्जिदमा भिडभाड नगरि घरभित्रै नमाज पढ्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालका मुस्लिम समुदायलाई अपिल गरेका छन्।

यो साता लगातार उदयपुरको मस्जिदसँग सम्बन्धित कोरोनाभाइरसको सङ्क्रमणको सङ्ख्या बढेपछि देशका विभिन्न भागका मस्जिद तथा मद्रासाहरूमा सतर्कता बढाउन अनि आवश्यक ठाउँमा परीक्षण पनि गराउन आयोगले प्रशासन तथा स्वास्थ्यमन्त्रालयसँग मिलेर काम गरिरहेको अन्सारीले बताएका छन्।

Advertisement

रोगको कुनै जात र धर्म नहुने भन्दै उनले सरकारले लागु गराएको ‘लकडाउन’ तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न सबैलाई अपिल गरेका छन्।

नेपालमा रमजान शनिवारबाट सुरु हुने र एक महिना चल्ने बताइएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- BBC Nepali
Website Designe 1024×117
Loading...