काठमाडौं – आज देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी र स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आजपनि देशका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका हुन् ।
यसकै प्रभावले अहिले मध्य र पूर्वका केही ठाउँमा पानी परिरहेको र पहाडी क्षेत्रको मौसम बदली भई अरु ठाउँको मौसम खुल्दै बादल लागिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आज राती पनि केहि ठाउँमा पानी पर्ने महाशाखाले पुर्वानुमान गरेको छ ।