Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् . २०७७ वैशाख १० गते को राशिफल

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख १० गते बुधवार ।  इ.सं. 2020 April 22 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलागा । प्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख कृष्णपक्ष तिथि चतुर्दशी , ५:४१ बजे उप्रान्त औंसी । नक्षत्र रेवती , १३:२९ बजे उप्रान्त अश्विनी । योग विष्कम्भ , २२:३३ बजे उप्रान्त प्रीति । करण शकुनि ०५:४१ बजेदेखि चतुष्पद , १८:४२ बजे उप्रान्त वव । चन्द्रराशि मीन । आनन्दादी योग उत्पात । दिनमान ३२ घडी २४ पला । सूर्योदय ०५: ३४ बजे । सूर्यास्त १८: ३२ बजे ।

Advertisement

दर्शश्राद्ध। पञ्चक १३:२९ बजे समाप्ति। निशि बार्ने औंसी।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । मुद्दा मामिला आइलाग्नेछ ।    

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सेवाको योगपनि छ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज घरमा सहकार्यको अवसर मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । नयाँ कार्यको योजनापनि बन्नेछ ।        

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

घरायसी झमेलामा परिएला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । मानसिक चिन्तापनि बढ्ला ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ काम वा रोजगार पाईनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । भाग्योदय अग्रसर हुनेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्य प्रति सजक रहनु पर्छ । साँझमा धन खर्च हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज मित्र वा आफन्तको सहयोग मिल्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मनोरञ्जन तरिकले दिन बित्नेछ ।             

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जनका नयाँ योजना बन्नेछ । वैदेशिक कार्यम भने समस्या आउने देखिन्छ ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

कूटनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धिपनि हुन सक्छ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...