Comments Add Comment

केही ठाउँमा चट्याङ र हुरी बताससहित पानी पर्ने

काठमाडाैं । सोमबार र मंगलबार देशका केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले सोमबार र मंगलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी पहाडी क्षेत्रको धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । तर मंगलबार र भने देशका धेरै ठाउँमा पानी पर्नेछ । मंगलबार तराईमा पहाडको तुलनामा अलि धेरै हुरीबतास चल्ने मौसमविद् कँडेलको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर