Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज मिति २०७६ चैत २३ गते आइतवार , तपाईको आजको राशिफल हेर्नुहोस्

Company Register

आजको पञ्चाङ्ग

बि.सं. २०७६ चैत २३ गते आइतवार  ।  इ.सं. 2020 April 05 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलाथ्व । प्रमादीउत्तरायण वसन्त ऋृतु चैत्र शुक्लपक्षतिथि द्वादशी , १५:५७ बजे उप्रान्त त्रयोदशी । नक्षत्र मघा , ११:३९ बजे उप्रान्त पूर्वफाल्गुनी । योग गण्ड , २४:४७ बजे उप्रान्त वृद्धि । करण वालव १५:५७ बजेदेखि कौलव , २६:५० बजे उप्रान्त वणिज । चन्द्रराशि सिंह । आनन्दादी योग मुद्गर । दिनमान ३१ घडी १८ पला । सूर्योदय ५: ५२ बजे । सूर्यास्त १८: २३ बजे ।

Advertisement

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । गरेको कार्यमा विस्तारै सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

स्वास्थ्य प्रति सजकता अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आर्थिक सङ्कट आउला र कार्मक्षेत्रपनि घर्षशील रहनेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

काम गरेर अरुको मन जित्न सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । उपहार पाइने सम्भावनाछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।         

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कार्यको योजना बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आफन्तको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाटपनि हुनेछ । पारिवारिक समर्थनपनि मिल्नेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दैनिक कार्यमा चुनौतीको सामना गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । इच्छा र आकाङ्क्क्षा पूर्ण हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आकस्मिक धन लाभ हुनेछ । ठुला व्यक्तिले तपाईको मेहनतको प्रसंसा गर्नेछन् । मिष्ठान्न भोजन प्राप्त होला । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा विवाद आउला । सामान हराउने वा नष्ट हुन सक्नेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ ।              

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । मनपर्ने खानेकुरा खान पाईनेछ । प्रेममा सम्बन्धपनि राम्रो हुनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...