Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

फेसबुक म्यासेन्जर अब डेस्कटप भर्सनमा

Company Register

एजेन्सी – फेसबुकले आफ्नो फेसबुक म्यासेन्जरको डेस्कटप भर्सनमा सार्वजनिक गरेको छ । कम्पनीले एप्पलको म्याक र माइक्रोसफ्ट विण्डोजमा सर्पोट गर्ने गरि डेस्कटप भर्सन सार्वजनिक गरेको हो । अब प्रयोगकर्ताले डेक्सटपबाटै भिडियो तथा अडियो कल गर्न सक्नेछन् ।

techcrunch.com

Advertisement

हाल कोरोनाभाइरसका कारण भिडियो कन्फ्रेन्सिङ एप्सको माग बढेकाले यो परिस्थितीलाई मध्यनजर गर्दै यसलाई सार्बजनिक गरेको फेसबुकले जनाएको छ ।

म्यासेन्जरको डेस्कटप भर्सन लामो समयदेखि चर्चाको विषय बन्दै आएको थियो । तर, अहिले भने कम्पनीले सार्बजनिक गरेको छ ।

अब फेसबुक प्रयोगकर्ताले लकडाउनमा घरमै बसेर अफिसको कामगर्ने, भिडियोमा साथिभाइहरुसँग कुराकानी गर्ने सक्दछन् । फेसबुकका अनुसार पछिल्लो एक हप्ताको अवधिमा म्यासेन्जरबाट भिडियो कल गर्नेको संख्या सामान्यतया भन्दा सत प्रतिशतले बढेको छ ।

पछिल्लो एक हप्तामा मात्रै कुल ६ करोड २० लाख भिडियो कन्फ्रेन्सिङ एप डाउनलोड भएको उल्लेख गरिएको छ । एप एनीका अनुसार पछिल्लो एक हप्तामामात्रै यस्तो एपको डाउनलोड ९० प्रशितले बढेको छ ।

जुन एप स्टारेमै अहिले सम्म भएको ठुलो वृद्धि हो । डाउनलोड हुने एपमा ह्याङआउट मिट, माइक्रोसफ्टको टीम र जुम रहेको छ । त्यसमध्य फ्रेबुअरी र मार्चमा जुम एपको डाउनलोड सबैभन्दा बढी भएको उल्लेख गरिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...