Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कौसीमा कसरी लगाउने धनियाँ ?

Company Register

यदि तपाईलाई पनि कौसीखेतीको शुरुवात गर्ने मन छ भने धनिया रोप्नुहोस। यदि धनियाँ उमार्न र हुर्काउन जान्नु भयो भने तपाईले धेरै कुरा फलाउन सक्नुहुन्छ।

Advertisement

हरियो धनियाँ तयार पार्न सुन्दा सजिलो भएपनि काम गर्न चाहि त्यति सजिलो छैन। धनिया बियाँ (दाना) छरेर हुर्काउनु पर्छ। सहि तापक्रम भएन भने राम्रोसंग टुसा पनि आउदैन। धनियाँ अल्ली समय लागेर हुर्कन्छ। त्यसैले धैर्य गर्न पनि सक्नुपर्दछ।

धेरैलाई कौसीमा २ दिनमै चमत्कार होस भन्ने लाग्दछ। तर कुनै पनि फल वा फूल लिन त कुर्नै पर्छ। त्यसकारणले धनियाँ हुर्काउन सक्नु भयो भने तपाईले अरु धेरै तरकारी वा फलफूलमा हात बढाउन सक्नुहुन्छ।

के के चाहिन्छ त धनियाँ हुर्काउन?

साना भाँडाहरु (दहिको डिब्वा, गमला, कोकका काटेका बोतलहरु, कुनै पुराना ब्याग)

खुकुलो र मलिलो माटो ।

धनियाँको दाना (जुनसुकै पसलबाट ल्याए पनि हुन्छ तर किराले न खाएको हुनुपर्छ)

कसरी लगाउने धनियाँ?

कतिपय किसानले धनियालाई १०-१२ घन्टा जति भिजाएर मात्र माटोमा छर्छन। माटो चिसै छ भने यसो नगर्दा नै राम्रो। बढि चिसो भयो भने बिऊ कुहिन पनि सक्छ।

यसरी छरेको सहतमा पातलो माटोको पत्रले पुर्नुपर्दछ। र पातहरुको धुलो वा परालले छोप्नु पर्दछ। समय समयमा पानी पनि छम्कनु पर्दछ। र बिरुवा उम्रियो कि उम्रिएन भनेर हेर्नु पनि पर्दछ।

यसरी लगाएको १०-१५ दिनमा धनियाँ उम्रन थाल्छ। जुनसुकै बिऊ पनि गर्मी महिनामा चाँडै र जाडोमा ढिलो उम्रन्छन्।

लगाएको १ महिनामा धनियाँ खानको लागि योग्य हुन्छ।

तपाईले यसरी धनियाँ हुर्काउन सक्नु भयो भने तपाई पनि अरु तरकारी लगाउन योग्य हुनुभयो।

भिडियो हेर्नुहोस्

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- afnaibari.com
Website Designe 1024×117
Loading...