Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Company Register

स्वास्थ्यमा आकस्मात समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज भएका छन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालकाे मनमाेहन सेन्टरमा आकस्मिक उपचार गराई पूर्णस्वास्थ्यलाभ भएसँगै डिस्चार्ज भएकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

Advertisement

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू मनमाेहन सेन्टर महाराजगञ्जमा आकस्मिक उपचार गराई पूर्णस्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएकाे छ। उहाँ सरकारी निवास बालुवाटार पुग्नुभएकाे छ,’ थापाले ट्वीटरमा लेखेका छन्।

श्वासप्रश्वासमा कठिनाइ भएपछि प्रधानमन्त्री ओली बिहीबार राति अस्पतालमा भर्ना भएका थिए।

प्रधानमन्त्री ‌ओलीले केही दिन अघिमात्र त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...