काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिडा-१९) को चौथो संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन् ।

डा. देवकोटाका अनुसार संक्रमित व्यक्ति सेति प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए।  ‘उनी धनगढी प्रादेशिक अस्पतालमा उपचाररत छन्’, देवकोटाले थाहाखबरसँग भने, ‘उनको अवस्था सामान्य छ। ३४ वर्षीय नेपाली पुरूषको टेकु अस्पतालमा परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको हो।’

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।