Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज ‘लकडाउन’को चौथो दिन , थप कडाइ गरिँदै

Company Register

काठमाडौं – सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन । बिहानबाट शहरका चोक-चोकमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् । सरकारले चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर मानिस तथा सवारी साधनको आवागमनमा रोक लगाएको छ ।

Advertisement

सडकमा अत्यावश्यक वाहेक अरु सवारी साधनहरु गुडेका छैनन् । हिजो अस्ति जस्तै लकडाउनको अवज्ञा गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने प्रहरीले जानकारी दिएको छ ।

लकडाउनको अवज्ञा गर्दै एम्बुलेन्स र खानेपानीका ट्याङ्करमा समेत यात्रु आवतजावत गर्न थालेपछि प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्ने काम तीव्र बनाएको छ ।

अत्यावश्यक सेवा र वस्तु वाहेक अन्य आवतजावतलाई रोक लगाउन खटिएका प्रहरीहरु पनि कोरोनाको संक्रमणवट वच्न विहिवारवाट विशेष सावधानी अपनाइरहेका छन् ।

प्रहरीहरु पञ्जा र मास्क सहित ड्युटीमा खटिएका छन् । आवतजावत गर्ने यात्रु र सवारी साधनवाट करिब एक मिटरको दुरी कायम गर्दै प्रहरी ड्युटीमा खटिएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...