Comments Add Comment

आजको मौसम : मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षा सम्भावना

काठमाडौं- शुक्रबार देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहने हाशाखाले जनाएको छ । 

पश्चिमी  भू-भागका  केहि स्थानहरुमा र मध्य तथा पुर्वी  पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । राती भने  देशको पश्चिमी र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ। 

देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग  तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको सम्भावना रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा जनाइको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर