Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने

Company Register

अब सहकारी संघसंस्थाले कर्जा प्रवाह गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार उक्त निर्णय गरेको हो । यसअघि यस्तो सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो । सो व्यवस्था परिमार्जन गरि नयाँ सन्दर्भ दर तोकिएको हो । यो व्यवस्था २०७७ कात्र्तिक १५ देखि लागू हुने सहकारी विभागले जनाएको छ ।

Advertisement

सहकारी संस्थाहरूले आफूखुसी जथाभावी बढी ब्याज लिँदै आएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै समितिले ०७६ साउन १९ देखि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो । अहिले सोही दरलाई परिमार्जन गरिएको छ । सन्दर्भ ब्याज पुनरावलोकन गरिए पनि सबै सहकारीले पालना गरेका छैनन् । विभागले भने सबै सहकारी संस्थाले सन्दर्भ ब्याजदर पालना गरेको दाबी गरेको छ । अब सहकारी संस्थाले बचतमा अधिकतम् ८.७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् । कर्जा र बचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्थाको कारण सहकारीले बचतमा पनि धेरै ब्याज दिन नपाएका हुन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...